आठ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस


काठमाडौँ – न्याय सेवा आयोगले आठ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

आयोगले जेठ ३१ गते २०३ जनाले परीक्षा दिँदा आठ जना मात्रै लिखित परीक्षा पास गरेको सूचना प्रकाशित गरेको थियो ।

अन्तरवार्तापछि उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरेको आयोगका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । नियुक्ति सिफारिस हुनेमा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराज ज्ञवाली हुन् ।

आयोग आह्वान गरेको विज्ञापनमा आन्तरिक खुला पदमा २१ जनाको मागमा चार जना, खुला १२ मा ७, महिला ४ जना माग भएको एक जना पनि पास भएनन् । त्यस्तै आदिवासी जनजाति २ न्यायाधीश माग भएकोमा १ जना उत्तीर्ण भएका थिए । दलित र अपाङ्गता भएकाबाट एक–एक जनाको माग भए पनि कोही पनि उत्तीर्ण भएनन् । आयोगका अनुसार अझै २७ जना जिल्ला न्यायाधीशको पद रिक्त छ ।

हेर्नुस् सूची

distict court

 

प्रतिक्रिया