अलराउन्डर आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने क्यानको तयारी


काठमाडौं– स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आन्तरिक रुपमा उनलाई क्रिकेटमा फर्काउने तयारी गरेको हो ।

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो । आरोपपछि क्यानसहित क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अन्सारीलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो ।

अदालतबाट सफाइ पाइसकेपछि आइसीसीसँग आवश्यक सम्वन्य भैरहेको क्यानका एक केन्द्रीय सदस्यले बताए ।

उनका अनुसार अदालतबाट सफाई पाएपनि आइसीसीले अनुमति नदिएसम्म आदिल क्यानका आधिकारिक कुनै पनि प्रतियोगितामा सहभागि हुन पाउँदैनन् ।

उनले भने,‘आदिल क्षमता भएका खेलाडी हुन् । उनको लामो क्रिकेट करियर हुनसक्छ । त्यसैले उनलाई क्रिकेटमा फर्काउन हामी सक्रिय छौं । उनी नेपालका लागि राम्रो अलराउण्डर हुनसक्छन् ।’

विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन ।

२१ वर्षीय युवा खेलाडी आदिललाई नेपालको बलियो अलराण्डरको रुपमा हेरिएको थियो ।

उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

पहिलो खेलमै उनले २४ बलमा ३६ रन प्रहार गरेका थिए भने ३ विकेट समेत लिएका थिए । सो म्याच टाइ भएको थियो । जसमा उनको भूमिका महत्वपूर्ण थियो ।

उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् ।

जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

क्यानका आधिकारिक प्रतियोगिता उनले खेल्न नपाएपनि देशका विभिन्न स्थानमा हुने लिगमा भने आदिल खेलिरहेका छन् ।

आइसीसीबाट उनले अनुमति पाए राष्ट्रिय टोलीमा आदिल पर्ने सम्भावना पक्कापक्की छ ।

प्रतिक्रिया