मेयर बालेनको राजीनामा माग्दै कवाड संकलकले घेरे महानगर


काठमाडौं – कवाड संकलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

आज (मंगलबार) उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले महानगरका मेयर बालेन –बालेन्द्र) शाहको राजीनामा माग गर्दै चर्को नाराबाजी समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् ।

प्रतिक्रिया