कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाखकाे बजेट (पूर्णपाठ)


काठमाडौं – कृषि क्षेत्रको उत्पादकत्व बढाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पूर्वाधार विकासमा जोड दिने घोषणा गर्दै कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१– ८२ को बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका हुन् ।

कोशीको चालू वर्षको बजेट ३६ अर्ब ६४ करोड थियो । यस पटक झण्डै एक अर्ब रुपैयाँ बराबरको बजेट घटेको छ । प्रदेश सरकारले बजेटमा सरकारी , निजी तथा सहकारी क्षेत्रको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्ने, स्रोतहरुको न्यायोचित वितरणमा जोड दिने र सङ्घियता कार्यान्वयनका लागि संघ र स्थानीय सरकारसग समन्वय गर्ने उल्लेख छ ।

प्रदेश सरकारले यसअघिका बजेटमा घोषणा गरेको केचना सगरमाथा द्रुत मार्ग, कोशीको जलमार्ग, विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने लगायतका कार्यक्रम यसपटक पनि समेटिएका छन । प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख थपिने जानकारी दिए ।

कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान प्रदेश सभामा पेश गरेका हुन् । कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।

कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ । उनले स्थानीय तहलाई ४ अर्ब ५८ करोड हस्तान्तरण गरिने पनि बताएका छन् ।

प्रतिक्रिया