आँप टिप्दा करेन्ट लागेर किशोरको मृत्यु


कैलाली- धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ ।

शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया