तीन एसपीको सरुवा
काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा गरेको छ। सरुवामा पश्चिम नवलपरासीका एसपी फेरिएका छन् ।
त्यहाँ कार्यरत एसपी काजी कुमार आचार्यलाई हटाएर ज्ञानेन्द्र फुयाललाई पठाइएको छ । फुयाल मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ ।
त्यस्तै, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका एसएसपी र एसपीको पनि पदस्थापन गरेको छ ।