अजित डोभाल र पीके मिश्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रमुख सचिवमा तेहेरिए


काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन् ।

त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

डोभाल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखि नै यहि भूमिका निरन्तर रहेका छन् ।

डोभाल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् ।

 

प्रतिक्रिया