कार्यक्रमको उद्घोषण गरेपछि ढलेका लेखा अधिकृतको मृत्यु


सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन् ।

मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । उनले बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घोषण गरिरहेका थिए ।

समापनपछि बेहोस भएका उनलाई प्रदेश अस्पतालमा लगिएकाे थियाे । तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव अस्पतालको शव गृहमा राखिएको छ ।

क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए ।

प्रतिक्रिया