विश्वकप : नेपाली टोलीलाई दबाबमा रहेको श्रीलंकालाई हराउने अवसर
काठमाडौं -नवौं संस्करणको टी–२० विश्वकपमा नेपालले बुधबार बिहान बलियो टेष्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । समूह डी मा रहेका नेपाल र श्रीलंकाबीच खेल बिहान सवा पाँच बजेबाट हुनेछ । खेल अमेरिकाको फ्लोरिडामा हुदैछ ।
नेपालविरुद्धको खेलमा पूर्व विश्वविजेता श्रीलंका दबाबमा छ । जारी विश्वकपमा खराब लयमा देखिएको श्रीलंकाले खेलेका दुवै खेलमा हार व्योहोरेको छ ।
सुपर–८ मा पुग्नका लागि बाँकी दुई खेल जित्नैपर्ने दबाबमा छ । यहि दबाबको फाइदा नेपालले उठाउनसक्छ ।
नेपालसँगको खेल हारे श्रीलंका समुह चरणबाटै बाहिरीनेछ । समुह डी बाट ३ खेल जित्दै दक्षिण अफ्रिका सुपर–८ मा प्रवेश गरिसकेको छ ।
एसोसिएट राष्ट्रले जारी विश्वकपमा बलिया मानिएका टोलीविरुद्ध अविश्सनिय प्रर्दशन गरेकाले नेपाली टोली उत्साहित छ । नेपालले एकमात्रै खेल खेलेको छ । बाँकी ३ खेलमा आफ्नो पक्षमा नतिजा ल्याउन सके नेपाल सुपर–८ मा जानेछ । तर २ खेलमा जित निकालेपनि अन्य टोलीको नतिजा कुर्नुपर्नेछ ।
नेपालले अब श्रीलंका,बङ्लादेश र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । तीनै टोली टेष्ट मान्यताप्राप्त देश हुन । नेपाले इतिहासमै पहिलोपटक एकै प्रतियोगितामा तीनवटा टेष्ट मान्यप्राप्त राष्ट्रसँग खेल्न अवसर पाएको छ ।
सिनयर टोली अहिलेसम्म श्रीलंकासँग भिडेको छैन् । नेदरल्याण्डसँगको पहिलो खेलमा कमजोर ब्याटिङ प्रर्दशनका कारण नेपाल पराजित भएको थियो ।