दार्चुलाका खत्री बैतडीमा मृत फेला


बैतडी- दार्चुलाका एक पुरुष बैतडीमा मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको डिलासैनि गाउँपालिका–६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा दार्चुलाको लेकम गाउँपालिका–१ बित्थड बस्ने ५५ वर्षीय तिखुरे खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।

खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको  गिरीले जानकारी दिए । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया