

तीनकुनेको एक गोदाममा आगलागी (भिडियोसहित)

काठमाडौं – राजधानीको तीनकुनेमा रहेको एक गोदाममा आगो लागेको छ ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरका नगर प्रहरी र दमकलले प्रयास गरिरहेका छन् । तीनकुनेस्थित एक ट्रेडिङ कम्पनीको विस्कुट र चकलेट गोदाममा लागेको आगो निभाउने प्रयास जारी छ ।
विद्युत् लाइन सर्ट भएर आगो लगाइएको प्रारम्भिक जानकारी पाइए पनि विस्तृत विवरण भने आइसकेको छैन ।
भिडियोः

