अभिनेत्री कंगना लोकसभा सदस्य निर्वाचित


काठमाडौँ – बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छन् ।

भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।

भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए । यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए ।

कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् ।

प्रतिक्रिया