भ्रष्टाचारमा एमालेले अहिलेसम्म अख्तियार धाउनु परेको छैनः योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले भ्रष्टाचारमा एमालेले अहिलेसम्म अख्तियार धाउनु नपरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सचिव भट्टराईले गिरीबन्धु जग्गा प्रकरणको कुरा कोट्याउँदै यस्तो बताएका हुन् ।

कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै सचिव भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताए ।

सचिव भट्टराईले भने,’४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? सबैको छानबिनमा उभिन तयार छ एमाले।’

उनले ०४६ पछिको कुन काण्ड छानबिन गर्ने भन्दै कांग्रेसलाई प्रश्न गरे । उनले आफूहरू मार्क्सवादी भएको भन्दै नेपालमा बुद्धवादी रहेको बताए ।

उनले सबै विषयमा छानबिन गर्न पनि चुनौती दिए ।

 

प्रतिक्रिया