

भारतमा मतगणना सुरु, भाजपा नेतृत्वको एनडीए अगाडि

काठमाडाैं- भारतमा १८ औं लोकसभा चुनावको मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणना अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धन २५७ सिटमा अगाडि छ ।
जबकि भारत गठबन्धन १६५ सिटमा अगाडि रहेको बीबीसी हिन्दीले जनाएको छ । अन्य ३४ सिटमा अगाडि छन् ।
१८औं लोकसभा चुनाव सात चरणमा भएको थियो । लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो ।
आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ । सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भएका थिए।

