टि–२० विश्वकप : सुपर ओभरमा ओमानमाथि नामिबियाको जित


काठमाडौं – आइसीसी ट्वान्टी–२० विश्वकपमा नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गरेको छ । यसअघि ओमानले दिएको १०९ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ६ विकेट गुमाउँदै १०८ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २२ लक्ष्य दिएको थियो । तर ओमानले १० रन मात्रै बनाउन सकेपछि नामिबियाले जित निकालेको हो ।

प्रतिक्रिया