टी-२० विश्वकपः नामिबिया र ओमान भिड्दै

श्रीलंका र दक्षिण अफ्रिकाबीचको पनि आजै


काठमाडौं – विश्वकपमा समूह बीको पहिलो खेल सोमबार खेलिदैछ । बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ ।

आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार बिहान ६;१५ बजे सुरु हुनेछ ।

दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

हेड टु हेड हेर्दा दुई टोलीबिच जम्मा ६ खेल भएका छन् । जसमध्ये ४ खेल नामिबिया र ओमानले २ खेल जितेका छन् ।

त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि शुरु हुने छ ।

श्री लंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।

 

प्रतिक्रिया