पूर्व सहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर


काठमाडौँ – सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे जानकारी दिए ।

विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो ।

विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने र त्यति नै थप जरिवानाको फैसला गरेको थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया