सुदूरपश्चिममा १० महिनामा ३६ प्रतिशत मात्रै बजेट खर्च


काठमाडौँ – आर्थिक वर्षको अन्तमा हतारमा काम गरेर बजेट खर्च गर्ने प्रवृत्ति सुदूरपश्चिममा यस पटक पनि दोहोरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना सकिँदा जम्मा ३६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्षको बाँकी दुई महिनामा ६४ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्थाका कारण हतारमा बजेट सक्ने प्रवृत्ति दोहोरिने देखिएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले २९ अर्ब २८ करोड ४० लाख ४० हजार बजेट विनियोजन गरेको थियो । हालसम्म १० अर्ब ६४ करोड ६३ लाख २४ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यो कुल बजेटको ३६.३५ प्रतिशत हो ।

चालुतर्फ विनियोजित ११ अर्ब ९६ करोड १६ लाख ८० हजारमध्ये ५ अर्ब तीन करोड ४४ लाख अर्थात् ४२.०८ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ३६ हजार विनियोजन भएकामा पाँच अर्ब ६१ करोड १८ लाख ५९ हजार अर्थात् ३२.९६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया