फिनल्याण्डकी सुन्दरीले लगाइन् कीर्तिमानी आरोही पुर्जामाथि यौन दुर्व्यवहारको आरोप


काठमाडौं – कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबर्जस्ती वस्त्रहरु खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

तर लोताले गत डिसेम्बरमा प्रकाशन गरेको बायोग्राफी ‘द माउन्टेन्स अफ माइ लाइफ २’मा उनले यस्तो आरोपको पहिलो पटक खुलासा गरेकी थिइन् । पुस्तकमा उनले एक चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरे पनि पुर्जाको नाम भने खुलाएकी थिइनन् ।

बिहीबार मे ३१ मा प्रकाशित न्युयोर्क टाइम्सको समाचारमा भने पुर्जाको नाम किटान गरेर उनले आरोप लगाएकी छन् ।

यता निम्सले आफ्नो इस्टाग्राम (निम्सदाइ) को स्टोरीमा एक पोस्ट हाल्दै आफूले कुनै पनि गल्ती नगरेको बताउँदै गरिएका दाबीहरू झुटो भएको बताएका छन् ।

उनले पत्रिकालाई यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि जिकिर गरे ।

 

प्रतिक्रिया