पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ


सप्तरी- पेस्तोलसहित प्रहरीले सप्तरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीकै सुरुंगा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन् ।

उनीहरूका साथबाट पेस्तोल, त्यसमा लाग्ने गोली दुई राउन्ड र म्यागजिन दुईथान बरामद गरिएको छ । सप्तरीको खडक नगरपालिका–८, भदियाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरू स६प ५९०८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया