ललितपुर बस्ने संगीता एक महिनादेखि बेपत्ता, होष्टेल जान हिँडेकी थिइन्
ललितपुर- ललितपुरको टीकाभैरव बस्ने एक बालिका करिब एक महिनादेखि सम्पर्कविहीन छिन् ।
कैलालीको लम्कीचुहा नगरपालिका-५ घर भई हाल गोदावरी नगरपालिका-६ टीकाभैरव बस्ने १५ वर्षीया संगीता चौधरी करिब १ महिनादेखि बेपत्ता भएकी हुन् ।
उनी फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययन गर्छिन् । वैशाख १६ गते टीकाभैरवबाट दिदी अनितासँगै फर्पिङस्थित बाल निकेतन होष्टेलमा जान भनेर हिँडेकी संगिता त्यही साँझबाट हराएकी बुबा रामबहादुरले बताए ।
उनले गत वैशाख १७ गते सोमबार महानगरीय प्रहरी वृत्त चापागाउँ पछि जावलाखेल प्रहरी परिसरमा उजुरी दिएका थिए ।