बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु


बझाङ- बझाङमा लडेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको वित्थडचिर गाउँपालिका–७ ठूलीखालीमा काफल खान गएका बेला रुखबाट लडेर बुंगल नगरपालिका–१० डौडकी प्रमा बागको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हिजाे घरबाट वित्थडचिर गाउँपालिकाको देउलेक बजारमा सामान किन्न भनेर आएकी र दिउँसो साढे १२ बजेतिरको समयमा साथीहरूसँगै ठूलीखाली वन क्षेत्रमा काफल खान भनेर आएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार बागका साथीहरू काफल टिपेर फर्किए पनि उनी नफिर्किएपछि उनको खोजी गरिएको थियो ।

खोजी गर्दा उनी काफल खानका लागि रुखमा चडेकी र रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले बताए ।

यस्तै बझाङकै केदारस्यूँ गाउँपालिकामा पनि एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको हिजाे मालुबेडे भिरबाट लडेर ज्यान गएको हो ।

उनको मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ।

प्रतिक्रिया