कैलाश सिरोहियाको बयान आजबाट


काठमाडौं – नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आजबाट सुरु हुँदैछ ।

धनुषाका प्रहरीका अनुसार सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने आजबाट सुरु हुन लागेको हो । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ ।

बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।

 

प्रतिक्रिया