‘पक्राउ पुर्जी बदर गरिपाऊँ’ भन्दै सर्वोच्च पुगे सिरोहिया


काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरिपाऊँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

उनले भने, ‘पक्राउ पुर्जी बदर गरिपाऊँ भन्ने खालको रिट लिएर आउनुभएको छ। हामीले यसबारे अध्ययन गरिरहेका छौँ।’

प्रतिक्रिया