पोल भाडा नतिरे इन्टरनेटको तार काटिदिने नेपाल टेलिकमको चेतावनी
काठमाडौं- नेपाल टेलिकमले जेठ मसान्तसम्म पोल भाडा नतिरे कोशी प्रदेशमा सञ्चालित इन्टरनेट सेवाप्रदायकको तार काटिदिने चेतावनी दिएको छ ।
मङ्गलबार एक सूचना जारी गर्दै टेलिकमको प्रादेशिक निर्देशनालयले पोल भाडा भुक्तानी नगर्ने इन्टरनेट सेवाप्रदायकसहित केबल टिभी अपरेटरहरूकाे तार काट्ने चेतावनी दिएको हो ।
कम्पनीले असार १ देखि कुनै पनि समयमा टेलिकमका पोलबाट तार हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयम् नै जिम्मेवार हुने बताएको छ ।