

दुई सातादेखि थुनामा छन् नेपाली सेनाका क्याप्टेन कोइराला

काठमाडौं- नेपाली सेनाको सैनिक प्रहरीले क्याप्टेन महेश कोइरालालाई हिरासतमा लिएको छ ।अनियमितता गरेको छानविनका लागि उनलाई दुई साताअघि पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको प्रमाण भेटिएपछि सैनिक हिरासतमा पुगेका हुन् ।
नेपाली सेना अनुसन्धानको विस्तृत विवरण खुलाएकाे छैन ।

