सतर्कताको निर्देशनपछि रोकियो ४ वटा लाइसेन्सको ट्रायल सेन्टर


काठमाडौँ – काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमत पत्र एकान्तकुनाको ट्रायल सेन्टरमा ट्रायल रोकिएको हो ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले गत मङ्गलवार कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया