राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु, सदन खुलाउनेबारे छलफल हुने


काठमाडौँ – राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

संसद् भवन नयाँ वानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक सुरु भएको हो । बैठकमा सदन खुलाउनेबारे छलफल हुनेछ ।

काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यसमा सत्तारुढ दलहरू सहमत नहुँदा राष्ट्रिय सभाको बैठक समेत प्रभावित हुँदै आएको छ । प्रतिनिधि सभामा उठिरहेको विषय राष्ट्रिय सभामा प्रवेश गराएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया