कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त


काठमाडौँ – कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्यायाधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए ।मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड ख बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालय कोशीका सूचना अधिकारी रामकुमार श्रेष्ठले आजैका मितिबाट कोइरालालाई पदमुक्त गरिएको जानकारी दिए ।

प्रतिक्रिया