मधेसकाे मुख्यमन्त्री कार्यालयका उपसचिवविरुद्ध बलात्कार मुद्दा


काठमाडाैं- मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत एकजना उपसचिवविरुद्ध बलात्कार मुद्दा दर्ता भएकाे पाइएकाे छ । उपसचिव रुपेशकुमार साहमाथि एक महिनाअघि (२०८० चैत ३० गते) बलात्कारको मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएसँगै सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह फरार भएका छन् । एक महिलाले गत माघ १८ गते श्रीमान नभएको बेलामा साहले  नशालु पदार्थ खुवाएर  पहिलोपटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । त्यसपछि भिडियो बनाएर डर र धम्की दिएर साहले आफूमाथि पटकपटक बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।

घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपेन्द्र खरेलले बताएका छन् ।

 

प्रतिक्रिया