देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल


काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको उल्लेख गरे ।

‘हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामना गरेका छौँ । जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन’, उनले भने । उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

‘दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलका छन् । जसले श्रोतहरुको पहिचान गर्दै साझेदारीलाई बढावा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् । अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामूहिक गरेर मात्रै समुन्नत र समतामूलक नेपाल निर्माण गर्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया