

नेपाल टेलिकमले पायो ५ वर्षलाई नयाँ लाइसेन्स पायो

काठमाडौं – नेपाल टेलिकमले ५ वर्षे अवधिका लागि नयाँ लाइसेन्स पाएको छ ।
सरकारले विहीबार टेलिकमलाई पुनः अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने अधिकारी नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार टेलिकमलाई ५ वर्षे अवधिका लागि पुनः लाइसेन्स जारी गरेको र शुल्क २१ करोड रुपैयाँ लिने निर्णय गरेको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
उनका अनुसार सरकारले अवधि तोक्ने जिम्मा प्राधिकरणलाई दिएकोले आफ्नो विशेषधिकार प्रयोग गरेर ५ वर्षका लागि मात्रै टेलिकमलाई लाइसेन्स जारी गरिएको हो ।

