मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा हुँदै


काठमाडौं-  नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । अरविन्दले जुन २ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टीका नेता केजरीवाल पक्राउ परेका थिए ।

प्रतिक्रिया