प्रधानमन्त्री ‘प्रचण्ड’को युगान्डा भ्रमणको खर्च १ करोड २६ लाख


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया