बुटवलको गोदाममा आगलागी, अढाई करोड बढीको क्षति


बुटवल- बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका- ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ति एण्ड प्रिसा सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

सञ्चालक प्रिजम श्रेष्ठका अनुसार आगलागीबाट साढे २ करोडभन्दा बढीको क्षति भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

 

प्रतिक्रिया