

काठमाडौंको शंखपार्कमा एक पुरूष मृत फेला

काठमाडौं- काठमाडौंको शंखपार्कमा एक पुरूष मृत भेटिएका छन् ।
सोमबार पार्कमा एक पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
अन्दाजी ३५ वर्षका उनको पहिचान भएकाे छैन । मृत भेटिएको स्थानमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरीको टोली खटिएको उनले बताए ।

