

ललितपुरको बाफलमा आगलागी, एकै परिवारका ५ जना घाइते

ललितपुर- ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो ।
घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।
उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको हाे । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

