सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित


काठमाडौँ – मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

नेकपा एमालेले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेको भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।

प्रदेश सभा सचिवालयले शनिबार साँझ साढे ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार साँझ ५ बजे बैठक बोलाएका थिए । बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए पनि एमाले अनुपस्थित भएपछि स्थगित भएको थियो ।

एमालेले समय बाँकी भए पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया