नेपालले आज पनि पहिले बलिङ गर्ने


काठमाडौं – वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेल्न लागेको हो ।

नेपालको टीममा लोकेश बम, सागर ढकाल, आकाश चन्द र आरिफ शेखले अवसर पाएका छन् । भने सोमपाल कामी टीममा फर्किएका छन् ।

नेपाली टीमः लोकेश बम, अनिलकुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द्र, कुशल भुर्तेल

 

प्रतिक्रिया