रेशमले दायर गरेको मुद्दा शर्मा र ढकालको संयुक्त इजलासमा


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक  रेशमलाल चौधरीले अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ ।

रेशमले दायर गरेको सो मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

यसअघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहसनै नभई स्थगित भएको थियो ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया