नोन्जोम कामीले ८० वर्षमा पाइन् नागरिकता


मुगु- मुगुम कार्मारोङ्ग गाउँपालिका– ५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकता पाएकी छन् ।

२ हजार साल बैशाख १२ गते जन्मिएकी कामीलाई २०८१ साल बैशाख १२ गते प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले नागरिकत प्रमाण पत्र नम्बर ५८९०१९८१९०००४१ को नेपाली नागरिकता प्रदान गरेका हुन्।

३५ वर्षअघि कामीका श्रीमान सोनाम तेन्जीनको मृत्यु भएको थियो ।  विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २–३ दिन हिँड्नु पर्ने भएपछी जान आउन समस्या र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा नागरिकता लिन ढिलाइ भएको थियो ।

दुई छोरामध्ये एक छोरा सिलाजित निकाल्न जाँदा लडेर मृत्यु भयो । अर्काे छाेराकाे पनि नागरिकता छैन। आमाकाे नागरिकता नहुँदा छाेराकाे नागरिकता बनेकाे थिएन ।

प्रतिक्रिया