भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाई जले


भक्तपुर – भक्तपुरको दधिकोटस्थित एक गाई फार्ममा आगलागी हुँदा १० वटा गाई जलेका छन्।

सूर्यविनायक नगरपालिका-१ स्थित दधिकोटमा ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको भक्तपुर प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए।

घटनामा १८ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया