गार्डेन अफ ड्रिम्समा क्याफे चलाउनेले ९५ लाख भाडा तिर्न बाँकी


काठमाडौं- काठमाडौंको गार्डेन अफ ड्रिम्समा क्याफे सञ्चालन गर्ने व्यवसायीले सरकारलाई झण्डै एक करोड रुपैयाँ तिर्न बाँकी रहेको खुलेको छ ।

क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलबार एक सूचना जारी गरेको छ । उक्त सूचनामा क्याफे सञ्चालक द्वारिकाजलाई ५ दिनभित्र रकम तिर्न म्याद दिइएको छ ।

स्वप्न बगैैंचामा क्याफे चलाउन समिति र द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिबीच २२ माघ ०७२ मा ५ वर्षसम्मका लागि सम्झौता भएको थियो ।  द द्वारिकाजले समितिसँग मासिक ११ लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

सम्झौताको अवधि ०७७ सालमै सकिएको छ भने त्यहाँ क्याफे चलाउन अर्को कम्पनीले ठेक्का पाइसकेको छ ।  द्वारिकाजले १० महिनाको भाडा बुझाउन बाँकी छ ।

प्रतिक्रिया