भारतकाे उत्तराखण्ड सरकारले काठमाडौंबाट देहरादुन उडान भर्न सहुलियत दिँदै


काठमाडौं-  भारतको उत्तराखण्ड सरकारले नेपालको काठमाडौंबाट सिधा उडान भर्न सहुलियत दिने बताएकाे छ । टाइम्स अफ इन्डियाका अनुसार देहरादुनबाट काठमाडौं सिधा उडान भर्ने उडानलाई सहुलियत दिने  उत्तराखण्ड राज्य सरकारले कार्यक्रम ल्याएको हाे ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उत्तराखण्डको राजधानी जोली ग्रान्ट विमानस्थलसँग सिधा उडान गर्न इच्छुक हवाई कम्पनीहरूको प्रस्ताव माग गरिएको छ ।

भारतमा गैर आवासीय भारतीय मात्रै नभएर विदेशी पर्यटकहरूको आगमन बढाउन यस्तो कार्यक्रम ल्याइएको बताइएको छ । उत्तराखण्ड सरकारको प्रस्ताव अनुसार हप्तामा तीन फन्को उडान गर्न सक्ने हवाई जहाज कम्पनीहरूले प्रस्ताव पेश गर्न सक्छन् ।

बिहीबारबाट इच्छुक जहाजहरूको छनौट सुरु हुने र त्यसको नजिता ६० दिनभित्र आउने बताइएको छ ।

प्रतिक्रिया