मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एक पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ का अन्दाजी २८ वर्षीय विनय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
यादव रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक थिए ।
मंगलबार बिहान जनकपुरधाम-ढल्केवर सडकखण्डमा जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश ०२-००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकलमा पछाडि सवार ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।