कञ्चनपुरका भोजराजले घर अगाडि ५ तोला सुन भेट्टाएपछि…


कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का भोजराज भट्टले आज(बिहीबार) आफ्नो घर अडाडि एउटा पर्स फेला पारे । पर्स खोलेर हेर्दा अन्दाजी ५ तोला सुनका गहना, एप्पलको आइप्याड, केही नगद र कागजातहरु थिए । त्यसपछि उनले उक्त पर्स जिल्ला प्रहरी कार्यालयमा बुझाए ।

‘उक्त पर्स सोही जिल्लाकै पुनम जोशीको रहेछ । उनले पर्स हराएपछि वडा प्रहरी कार्यालयमा निवेदन दिएकी रहेछिन् । त्यसपछि प्रहरीले उनलाई बोलाएर हराएको पर्स ममार्फत बुझाएको छ ’ उनले भने ।

उक्त पर्स पाएपछि पुनमले आफूप्रति आभार प्रकट गरेको भट्टले बताए ।

प्रतिक्रिया