दोलखाको बिसमुरेका ३ घर जलेर खरानी


दोलखा- दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–४ बिसमुरेमा आगलागीमा ३ घर जलेर नष्ट भएका छन् ।

बुधबार राति विद्युत् सर्ट भएर लागेको आगोले स्थानीय खड्गबहादुर खत्री, दीपक खत्री र महेन्द्र खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर खड्गबहादुरको घरमा विद्युत् सर्ट भएर लागेको आगो फैलिएर छिमेकीका घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ३ वटा घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लत्ताकपडा, भाँडावर्तन र अन्तपातसहित घरमा रहेको सुन र नगदसमेत जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया