सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध


काठमाडौं-  सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाका कारण नेपाल टेलिकमको सेवा सुदूरपश्चिमभर अवरुद्ध भएको हो।

नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ । उनले नेपाल टेलिकमको प्राविधिक समूह मर्मतका लागि भुरिगाउँ गएको बताए ।  प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए।

सेवा सुचारु हुन लाग्ने समयका विषयमा केही बताइएको छैन । बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया