विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर


काठमाडौँ – दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

बुधबार राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेको थियो । अवरोधपछि सुरु भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।

प्रतिक्रिया