
उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले हान्यो छापा, शंकास्पद कागजात बरामद
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर १४२ वटा ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरेको हो ।
ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको प्रहरी स्रोतले बतायो ।
छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।



कागजपत्र |
